नवनियुक्त मन्त्रीहरूले लिए सपथ


काठमाडौ । नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ ग्रहण गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले चार जना नयाँ मन्त्रीलाई नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्रीहरूमा अनिलकुमार सिन्हा, डा मदन परियार, महावीर पुन र जगदीश खरेल समावेश छन्। यसअघि, प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रीका लागि संगीता मिश्रको नाम सिफारिस गरेपनि अन्तिम समयमा उनको सपथ रोकिएको थियो।
नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ भने डा मदन परियारलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ। यस्तै महावीर पुनलाई शिक्षा र विज्ञान प्रविधि मन्त्रालय र जगदीश खरेललाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्रीका सुशीला कार्कीले यस अघि रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई पनि मन्त्री नियुक्त गरि सकेकी छन् । प्रधानमन्त्री कार्कीले ११ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने वताउदै आएकी छन् ।