सुनको मूल्य घट्यो, चाँदी बढ्यो
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो। यससँगै छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।
यता चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८८५ रुपैयाँ तोकिएको छ। अन्तर्राष्ट्रिय बजारको उतारचढाव तथा विनिमय दरको प्रभावका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको व्यवसायीहरू बताउँछन्।













