मेन्स डलब्सको उपाधी पूर्ण थापा र हिरा राईलाई

User Image Prime TV News १ हप्ता अगाडि
Image of मेन्स डलब्सको उपाधी पूर्ण थापा र हिरा राईलाई

काठमाडौ । देवीनगर क्लवले आयोजना गरेको आन्तरिक व्याडमिन्टन प्रतियोगीता अन्तर्गत मेन्स डलब्सको उपाधी पूर्ण थापा र हिरा राइको जोडीले जितेको छ । काठमाडौंमा सोमबार भएको खेलमा समूह ए बाट जिवन आचार्य र वविस थापाको जोडीलाई १८–२१, २१–१३ र २१–११ को सेटमा पराजित गर्दै पूर्ण थापा र हिरा राईको जोडीले उपाधी जितेका हुन् ।

त्यसैगरि समूह बी तर्फ पदम श्रेष्ठ र शंकर खड्काको जोडिले उपाधि हासिल गरेको छ । श्रेष्ठ र खड्काको जोडीले सुदीप दाहाल र पुष्प विष्टको जोडीलाई २२–२० र २१–१३ को सोझो सेटमा पराजित गरेको हो ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधी गौरव तण्डुकारलाई प्रदान गरिएको थियो । समापन समारोहमा काठमाडौं महानगर वडा नंवर १० का अध्यक्ष राम कुमार केसी, अभिनेता दयाहाङ राई, क्लवका पदाधिकारी लगाएतले बिजयी खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।

क्लवले दशैतिहारका अवसरमा हरेक बर्ष आन्तरिक व्याडमिन्टन प्रतियोगीता गर्दै आएको छ । सन २०१५ मा स्थापना भएको क्लवले व्याडमिन्टन खेलको बिकास र प्रवद्र्धनका साथ साामाजिक कार्यमा समेत योगदान दिदै आएको छ ।