सुशीलाको काँधमा अझै नौ मन्त्रालय


काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले आज दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । आज थप चार मन्त्रीले आज शपथग्रहण गरेसंगै मन्त्रिपरिषद् ८ सदस्यीय वनेको छ । गत भदौ २७ मा सपथ लिएकी प्रधानमन्त्री कार्कीले भदौ ३० गते पहिलोपटक मन्त्रिपरिषद् विस्तार गरेकी थिइन ।
जसमा कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाललाई मन्त्री पदमा नियुक्त गरेकी थिइन्। मन्त्रिपरिषद् विस्तार संगै प्रधानमन्त्री कार्कीले रामेश्वर खनाललाई अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएकी छन् ।
कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी छन् । यस्तै ओमप्रकाश अर्याललाई गृह मन्त्रालयको जिम्मेवारी तोकेकी थिइन् ।
दोस्रो चरणको मन्त्रिपरिषद् विस्तारको क्रममा प्रधानमन्त्री कार्कीले अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जगदिन खरेललाई सूचना, सञ्चार तथा प्रविधि मन्त्रालय, मदन परियारलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
दुई चरणमा मन्त्रिपरिषद् विस्तार गरि रहदा प्रधानमन्त्री कार्की मातहत अझै नौ बटा मन्त्रालयहरु रहेका छन् । प्रधानमन्त्री कार्की संग परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयहरु रहेका छन् ।