झापा–५ मा श्रम संस्कृति पार्टीले पहिलोपटक देखायो शक्ति प्रदर्शन

User Image Prime TV News २ हप्ता अगाडि
Image of झापा–५ मा श्रम संस्कृति पार्टीले पहिलोपटक देखायो शक्ति प्रदर्शन

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बीचको प्रतिष्पर्धाले चर्चामा रहेको झापा–५ मा श्रम संस्कृति पार्टीले पहिलोपटक सार्वजनिक रुपमा आफ्नो उपस्थिती देखाएको छ।

मंगलबार दमकको पशुहाटमा आयोजित चुनावी सभामा पार्टी अध्यक्ष हर्क साम्पाङ र केन्द्रीय नेताहरू सहभागी थिए। सभामा झापाका सबै क्षेत्रका उम्मेदवारहरूले पनि आफ्नो उम्मेदवारी र कार्यक्रम प्रस्तुत गरे।

श्रम संस्कृति पार्टीले पूर्वी नेपालका दमक, बिर्तामोड, उर्लाबारी, धरान लगायतमा सञ्चालन गरेका श्रम शिविरमार्फतै पछिल्लो समय चर्चा कमाएको छ। यसैको आधारमा पार्टीले झापाका पाँचवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ। झापा–५ मा पार्टीका उम्मेदवार समीर तामाङ रहेका छन्।