आगामी चुनावमा एमाले पहिलो पार्टी बन्छः एमाले अध्यक्ष ओली

User Image Prime TV News २ हप्ता अगाडि
Image of आगामी चुनावमा एमाले पहिलो पार्टी बन्छः एमाले अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो पार्टी बन्ने दाबी गरेका छन्।

आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा मतदातासामु प्रस्तुत गरिएको प्रतिबद्धता पत्रमा उनले एमालेको बलियो उपस्थिति र प्रतिबद्धता देखाउन “आगो” प्रयोग गरेको उल्लेख गर्दै, पार्टीले अब पहिलो स्थान हासिल गर्ने बताए।

ओलीले भने, “एमाले दोस्रो पार्टी थियो, अहिले चुनाव हुने भयो, पहिलो पार्टी हुन्छ। यतीका लागि त हामी हतारै गरेका थियौँ त। हामी त ८४ पर्खिराख्या थियौँ। तर अब पहिलो पार्टी बन्ने मौका मिल्यो।” उनले आफ्नो दाबी अघि बढाउँदै, पार्टीको विरोधी शक्तिहरूलाई समेत स्पष्ट सन्देश दिए। उनले भने, “एमाले आउँदो निर्वाचनमा पहिलो पार्टी हुन्छ।”

साथै, ओलीले देशमा अराजकता, आगजनी र राज्य सम्पत्ति नष्ट गर्ने गतिविधिहरूको कडा आलोचना गरे। उनले नेपाली जनतालाई शान्तिप्रिय र मेहनती भएको उल्लेख गर्दै भने, “नेपाली गरी खाने जाति हो, लुटेर खाने जाति होइन। नेपाली शान्तिप्रिय जाति हो, आगो लगाउँदै कुद्ने जाति होइन।”