राप्रपा नेतृत्वद्वारा दुर्गा प्रसाईको विनाशर्त रिहाइको माग

User Image Prime TV News २ हप्ता अगाडि
Image of राप्रपा नेतृत्वद्वारा दुर्गा प्रसाईको विनाशर्त रिहाइको माग

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दुर्गा प्रसाईलाई बिनाशर्त अविलम्ब रिहा गर्न गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष माग गरेको छ।

पार्टीको प्रतिनिधिमण्डलले मंगलबार गृहमन्त्रीसँग भेटेर प्रसाईंको हालको पक्राउ संवैधानिक रूपमा सही नभएको भन्दै रिहाइको माग गरेका हुन्। कार्यसम्पादन समितिका सदस्य निरञ्जन थापाले पत्रकारहरूसँग कुरा गर्दै भने, “मौलिक हक प्रयोग गर्दा कसैलाई नजरबन्दमा राख्नु उचित छैन। हामीले गृहमन्त्रीलाई यस कुरा स्पष्ट पारेका छौँ।"

प्रसाईलाई हाल प्रहरीको नियन्त्रणमा राखिएको छ, जसको कारण पार्टीले लोकतान्त्रिक अधिकार र अभिव्यक्ति स्वतन्त्रता माथि प्रत्यक्ष हमला भएको आरोप लगाएको छ। राप्रपा अनुसार, उनीमाथि गरिएको नियन्त्रण नेपालको संविधानसम्मत नभएको र तत्काल रिहाइ आवश्यक रहेको छ।

यो घटनाले देशभर लोकतान्त्रिक अधिकार र अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी बहसलाई तिव्रता दिएको छ। विभिन्न राजनीतिक दल र नागरिक समाजका समूहहरूले पनि प्रसाईको रिहाइको माग गर्दै सरकारलाई चेतावनी दिएका छन्।