काठमाडौंमा सार्वजनिक स्थलमा वृद्धमाथि कुटपिट, कार चालक पक्राउ

User Image Prime TV News २ हप्ता अगाडि
Image of काठमाडौंमा सार्वजनिक स्थलमा वृद्धमाथि कुटपिट, कार चालक पक्राउ

काठमाडौ । राजधानीको महाराजगञ्जमा सडकमा हिडिरहेका वृद्धमाथि कुटपिट गर्ने कार चालक पारस बमलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ।

बम, बुढानिलकण्ठ नगरपालिका–३ का ४२ वर्षीय नागरिक हुन्। उनले आफ्नो कारबाट ओर्लेर बीच सडकमा हिँडिरहेका वृद्धलाई झापड हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले छानबिन अघि बढाएको थियो।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख नवराज अधिकारीले दिए अनुसार बमलाई बालुवाटारबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ। अधिकारीका अनुसार बमले वृद्धमाथि किन कुटपिट गरे भन्ने स्पष्ट कारण हाल खुल्न सकेको छैन।

घटनामा बमसँगै उनकी बहिनी पनि संलग्न थिइन् । जसले ती वृद्धलाई गालीगलौज गरेका थिए। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ र आवश्यक कारवाही अघि बढाउने तयारीमा छ।