धनगढीमा रास्वपाले वृहत जनसभा गर्दै
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज कैलालीको धनगढी मा वृहत जनसभा आयोजना गरेको छ।
सुदूरपश्चिम प्रदेशलाई केन्द्रमा राखेर गरिएको यस सभालाई पार्टीको राजनीतिक शक्ति प्रदर्शनका रूपमा हेरिएको छ। सभामा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको विशेष उपस्थिति रहनेछ।
सभामा सुदूरपश्चिमका प्रायः सबै जिल्लाबाट प्रत्यक्षतर्फका उम्मेदवारहरूले सम्बोधन गर्ने कार्यक्रम छ। रास्वपाका नेता कविन्द्र ठकुल्लाका अनुसार सभा बुधबार बिहान ११ बजेदेखि सुरु हुनेछ र हजारौको सहभागिता रहने अपेक्षा गरिएको छ। उनका अनुसार पार्टीको नीति, आगामी चुनावी रणनीति र वैकल्पिक राजनीतिक एजेन्डा सभामार्फत सार्वजनिक गरिनेछ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति लामिछाने चितवन २ बाट र वरिष्ठ नेता शाह झापा ५ बाट उम्मेदवार छन्। रास्वपाले सुदूरपश्चिममा आफ्नो संगठनात्मक उपस्थिति मजबुत बनाउने प्रयास अनुसार आज धनगडीमा सभा गर्न लागेको हो ।












