निर्वाचन तयारी र राजनीतिक रणनीतिमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

User Image Prime TV News २ हप्ता अगाडि
Image of निर्वाचन तयारी र राजनीतिक रणनीतिमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राख्दै नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बोलाएको छ।

बैठकमा फागुन २१ गते हुने निर्वाचनका लागि पार्टीको तयारी, संगठनात्मक अवस्था र वर्तमान राजनीतिक परिस्थितिबारे गम्भीर छलफल हुने जनाइएको छ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा निर्वाचन रणनीति, सन्देश व्यवस्थापन र प्रदेशस्तरीय समन्वय मुख्य एजेन्डाका रूपमा रहनेछन्। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले पार्टीलाई थप सक्रिय बन्न बाध्य बनाएको उनको भनाइ छ।

भर्चुअल रूपमा बस्ने यस बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूका साथै सातै प्रदेश कार्यसमितिका सभापतिहरूको सहभागिता रहनेछ।