सुन तथा चाँदीको मूल्य घट्यो

User Image Prime TV News २ हप्ता अगाडि
Image of सुन तथा चाँदीको मूल्य घट्यो

काठमाडौ । नेपाली बजारमा बुधबार सुन तथा चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर ३ लाख ४०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन फागुन ५ गते सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी तोलामा ५ रुपैयाँले घटेर ४ हजार ८८० रुपैयाँ निर्धारण गरिएको छ। मंगलबार चाँदीको मूल्य ४ हजार ८८५ रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारको प्रभाव तथा विनिमय दरमा हुने उतारचढावका कारण स्थानीय बजारमा बहुमूल्य धातुको मूल्यमा दैनिक परिवर्तन हुने गरेको व्यवसायीहरू बताउँछन्।