टिपरको ठक्करबाट बनेपामा स्कुटर चालकको मृत्यु
Prime TV News २ हप्ता अगाडि 
काभ्रे । अरनिको राजमार्ग अन्तर्गत बनेपा मा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
बनेपाको दूरसञ्चार कार्यालय नजिकै बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको हो। घाइते अर्का व्यक्तिको उपचार भइरहेको बताइएको छ।
दुर्घटनापछि स्थानीयवासी आक्रोशित बनेका छन्। ठक्कर दिने टिपरमा आगजनी गरिएको छ भने क्षेत्र केही समय तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले सवारी चालक तथा दुर्घटनाको कारणबारे अनुसन्धान अघि बढाएको जनाएको छ।













