नवनियुक्त सञ्चार मन्त्री खरेलको पहिलो कदमः कर्मचारीको पहिलो प्रस्तावमा हस्ताक्षर गर्न अस्विकार

User Image Prime TV News १ हप्ता अगाडि
Image of नवनियुक्त सञ्चार मन्त्री खरेलको पहिलो कदमः कर्मचारीको पहिलो प्रस्तावमा हस्ताक्षर गर्न अस्विकार

काठमाडौ । नवनियुक्त सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदिश खरेलले आफ्नो पहिलो निर्णयमा हस्ताक्षर नगरी कर्मचारीलाई फर्काइदिएका छन्। सोमबार राष्ट्रपति निवासमा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएपछि, मन्त्री खरेल मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका थिए।

यस क्रममा कर्मचारीले उनलाई पहिलो निर्णय हस्ताक्षरको लागि प्रस्तुत गरेका थिए। तर, मन्त्री खरेलले उक्त निर्णय अस्वीकृत गर्दै, अर्को फरक निर्णय ल्याउन आग्रह गरे। तत्पश्चात कर्मचारीले अर्को प्रस्ताव तयार पारेका थिए । 

कर्मचारीहरुले दोस्रो प्रस्ताव ल्याएपछि खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा निस्शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेका थिए । 

यस्तै नव नियुक्त शिक्षा मन्त्री महाविर पुनले पनि कर्मचारीले पहिलो निर्णयमा हस्ताक्षर गर्न आग्रह गर्दा अस्विकार गरेका थिए । मन्त्रालयले वैज्ञानिकहरूको एउटा समिति बनाउने निर्णयमा मन्त्रीको सही गराउन खोजेको थियो ।

तर, मन्त्री पुनले यस्ता समिति कति बन्छन् कति भनेर हस्ताक्षर नगर्ने जिद्दी लिएका थिए । त्यसपछि कर्मचारीहरूले यो प्रक्रियागत कुरा भएको भन्दै निकै बेर सम्झाएपछि उनी तयार भए ।

पदभार ग्रहणपछि मन्त्रीलाई पहिलो निर्णयमा हस्ताक्षर गराउने प्रचलन छ ।