अबको पाँच वर्ष खेर फाल्न सकिँदैनः सभापति गगन थापा

User Image Prime TV News २ हप्ता अगाडि
Image of अबको पाँच वर्ष खेर फाल्न सकिँदैनः सभापति गगन थापा

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सुधार आवश्यक रहेको र आगामी पाँच वर्षलाई खेर फाल्न नदिने आफ्नो पार्टीको प्रतिबद्धता व्यक्त गरेका छन् । 

सभापति थापाले भने, “नेपाललाई अहिले सुधार चाहिएको हो। सुधारको ग्यारेन्टी लिएर हामी उभिएका छौँ। अबको पाँच वर्ष खेर फाल्न सकिँदैन, अघिल्ला १०–१२ वर्षमा जुन विकास अपेक्षित थियो, त्यो हुन सकेन।”

उनले नागरिक, विशेषगरी युवा पुस्तामा असन्तोष बढिरहेको उल्लेख गर्दै वर्तमान प्रशासनको शैलीप्रति उनीहरूको गुनासो जायज रहेको बताए । थापाले भने, “देश उत्तेजनाले मात्र बदलिन्न, देश रिसले बदलिन्न, देश आवेगले बदलिन्न। असल बाँकी सबै खराब भनेर देश बन्न सक्दैन। देश बनाउन सबै राजनीतिक दलको सहभागिता र सहकार्य आवश्यक छ।”

सभापति थापाले सबै दलसँग सहकार्य गर्दै अगाडि बढ्ने राजनीतिलाई आजको आवश्यकता ठानेर नेपाली कांग्रेसले त्यस भूमिका निर्वाह गर्ने दाबी गरे । उनले एमाले, माओवादी, रास्वपा, जसपा लगायत सबै दललाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए ।