सुदूरपश्चिमको विकासको सपना पुरा गर्छौः बालेन
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्रका वरिष्ठ नेता बालेन शाहले सुदूरपश्चिमको विकासको सपना पूरा गर्ने अठोट व्यक्त गरेका छन्।
उनले बुधबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै स्वास्थ्य, शिक्षा र सडकजस्ता आधारभूत समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “सुदूरपश्चिमबासीले देखेको सपना पूरा गरेरै छाड्छौँ। दुई वर्षभित्र बन्ने बाटो २० वर्षसम्म बनेन। त्यो पूरा गर्ने हो हाम्रो एजेन्डा।”
उनले कांग्रेस र एमालेलाई केवल बाटो बनाउने दल भनेर टिप्पणी गर्दै रास्वपाले भोटको लागि नभई काम गर्न आएको बताए। बालेन शाहले भोट नदिए पनि रास्वपा काम गरेर देखाउने पनि आश्वासन दिएका छन्। उनले पार्टीको केन्द्रबिन्दु क्षेत्रीय विकास र जनताका सेवा भएको वताए ।













