निर्वाचन तयारीका क्रममा सवार सेनाको बस भोजपुरमा दुर्घटना
Prime TV News २ हप्ता अगाडि 
भोजपुर । भोजपुर नगरपालिका-४ सेतीबगरमा नेपाली सेना सवार बस दुर्घटनामा परेको छ।
टेम्केमैयुङ गाउँपालिकामा २१ फागुनमा तय गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि बेस क्याम्प स्थापना गर्न हिँडेको सेना बोकेको बस सेतीबगर क्षेत्रमा दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजु लामाका अनुसार निर्वाचन सुरक्षाको तयारीका लागि परिचालन गरिएको टोली दुर्घटनामा परेको जानकारी प्राप्त भएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। घटनापछि स्थानीयवासी र सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन्। घाइतेको अवस्था र क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ। प्रहरीले दुर्घटनाबारे अनुसन्धान अघि बढाइएको जनाएको छ।













