निर्वाचन बिथोल्ने आरोपमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल पक्राउ
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेललाई प्रहरीले पक्राउ गरेको छ।
निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई कीर्तिपुर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाका आधारमा कट्टेललाई पक्राउ गरेको जनाएको छ।
कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार निर्वाचन प्रक्रियामा अवरोध पुर्याउने योजनासहित गतिविधि भइरहेको सूचना पाएपछि निगरानी बढाइएको थियो। यस प्रकरणमा हालसम्म उक्त पार्टीका चार जना नेता तथा कार्यकर्ता पक्राउ परिसकेका छन्।
यसअघि मंगलबार मात्रै धर्मेन्द्र बास्तोला, विष्णुप्रसाद तिमल्सिना र एसपी साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै उपत्यकाका विभिन्न क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। प्रहरीले कानुन विपरीत कुनै गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरेको छ।












