कांग्रेस प्रवेशपछि ममता शर्माको कडा टिप्पणी, रास्वपामा नेतृत्व संकट छ

User Image Prime TV News २ हप्ता अगाडि
Image of कांग्रेस प्रवेशपछि ममता शर्माको कडा टिप्पणी, रास्वपामा नेतृत्व संकट छ

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेकी ममता शर्माले पार्टीभित्र गलत नेतृत्वका कारण नीति र नारामै विचलन आएको आरोप लगाएकी छन्।

जनकपुरधामा नेपाली कांग्रेसले आयोजना गरेको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै शर्माले कुनै पनि राजनीतिक दलको दिशा र विश्वास नेतृत्वकै व्यवहारमा निर्भर रहने बताइन्। उनका अनुसार रास्वपाले सुरुआतमा अघि सारेका आदर्श र वर्तमान अभ्यासबीच स्पष्ट अन्तर देखिएको छ।

“जान्नेलाई छान्ने, अब पालो युवाको, अब पालो नयाँको भन्ने नारा व्यवहारमा लागू भएको देखिँदैन,” शर्माले भनिन्, “सिद्धान्त र व्यवहारबीचको दूरीले पार्टीको मूल उद्देश्य नै ओझेलमा पारेको छ।” उनले गलत नेतृत्वका कारण पार्टीको नीति कमजोर बन्दै गएको दाबी गर्दै रास्वपा पुरानै शैलीतर्फ फर्किएको टिप्पणी गरिन्।

शर्माले विशेष महाधिवेशनमार्फत गगन थापा सभापति बनेपछि कांग्रेसले नयाँ ऊर्जा र स्पष्ट दिशा पाएको दाबी गरिन्। “आज कांग्रेस नयाँ सोचसहित अगाडि बढिरहेको छ,” उनले भनिन्, “परिवर्तनका लागि नेतृत्वमा साहस र स्पष्ट दृष्टि आवश्यक हुन्छ।”

८० वर्ष पुरानो पार्टीभित्र देखिएका चुनौतीपूर्ण घटनापछि नेतृत्व परिवर्तनको आवश्यकता औंल्याउँदै थापाले देखाएको साहस प्रशंसनीय रहेको उनको भनाइ थियो।