रास्वपाले आज चुनावी सभा सुर्खेतमा गर्दै
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज सुर्खेतको घण्टाघर चोकमा चुनावी सभाको आयोजना गर्दैछ। दिउँसो १२ बजेदेखि सुरु हुने यस सभा मार्फत पार्टीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ ।
पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले यस सभामा प्रमुख सम्बोधन गर्ने छन्। रास्वपाले चुनावी घोषणापत्रमा प्रमुख सुधार र नीति योजनाहरू समावेश गर्ने बताएको छ, जसले आगामी निर्वाचनमा मतदाताहरूसम्म आफ्नो योजनालाई स्पष्ट रूपमा पुर्याउने उद्देश्य राख्छ।
सभापति लामिछानेको सचिवालयले जानकारी दिइएको अनुसार, रास्वपाले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारलाई तीव्रता दिनको लागि आजको सभा महत्वपूर्ण कदम हुनेछ। पार्टीका नेताहरूले चुनावी घोषणापत्रमार्फत नयाँ सुधारका लागि आफ्नो प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनहरूमा रास्वपाले जनताको मुद्दाहरूलाई प्राथमिकतामा राख्ने बताएका छन्।













