रास्वपा बागमती प्रदेश उपसभापति दिनेश हुमागाईले दिए राजीनामा

User Image Prime TV News १ हप्ता अगाडि
Image of रास्वपा बागमती प्रदेश उपसभापति दिनेश हुमागाईले दिए राजीनामा

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईले आफ्नो पदबाट राजीनामा दिएका छन्। हुमागाईले पार्टी महामन्त्रीलाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।

राजीनामा पत्रमा हुमागाईले पार्टीभित्र गम्भीर असन्तुष्टि व्यक्त गर्दै सातवटा मुख्य आधार उल्लेख गरेका छन्। उनले उम्मेदवार छनोट प्रक्रिया चलखेलयुक्त, केन्द्रीय संरचना विस्तारमा पारदर्शिता नहुँदा, सदस्यता तथा आर्थिक व्यवस्थापनमा गम्भीर प्रश्नहरू, विधान उल्लंघन तथा आन्तरिक लोकतन्त्रको समाप्ति, प्रदेश तहको आवाजको बेवास्ता, नेतृत्वमाथि नैतिक प्रश्न, र पार्टीमा संरचनागत विकृति तथा निजी स्वार्थको प्रभुत्व जस्ता मुद्दाहरूलाई आफ्नो निर्णयको कारण ठहर्याएका छन्।

राजीनामाको अन्त्यमा हुमागाईले लेखेका छन्, “आफैंभित्रको विकृति सच्याउन नसक्ने, आन्तरिक लोकतन्त्रको सम्मान नगर्ने, पारदर्शिता कायम नगर्ने र नैतिक बल गुमाइसकेको संगठनले राष्ट्र निर्माणको दाबी गर्नु केवल नारा मात्र हुन सक्छ।”

हुमागाई २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काभ्रे क्षेत्रबाट प्रत्यक्ष उम्मेदवार समेत भएका थिए। राजीनामा पछिको परिस्थितिले रास्वपाभित्रको आन्तरिक झक्झकी र आगामी राजनीतिक रणनीतिमा थप प्रभाव पार्ने अनुमान गरिएको छ।