प्रजातन्त्र दिवसमा रवि लामिछानेको आब्हान, भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध एकजुट हौ

User Image Prime TV News १ हप्ता अगाडि
Image of प्रजातन्त्र दिवसमा रवि लामिछानेको आब्हान, भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध एकजुट हौ

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले प्रजातन्त्र दिवसको अवसरमा भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध सबै जनतालाई एकजुट भएर सुशासन र समृद्धितर्फ अघि बढ्न आह्वान गरेका छन्।

उहाँले सामाजिक सन्देशमार्फत भने, “प्रजातन्त्रको मर्मलाई आत्मसात गर्दै भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध एकजुट भई सुशासन र समृद्धिको यात्रामा अघि बढौं। प्रजातन्त्र दिवसको शुभकामना।”

साथै, बुधबार सुरु भएको रमजान महिनाको अवसरमा रवि लामिछानेले मुस्लिम समुदायलाई मुबारकबाद दिंदै यस महिनाले शान्ति, सहिष्णुता, सद्भाव र एकताको भावना अझ सुदृढ बनाउने प्रेरणा होस् भन्ने शुभकामना व्यक्त गरेका छन् । 

साथै रास्वपा सभापतिले प्रजातन्त्रको मर्मलाई बुझ्दै समाजमा सकारात्मक परिवर्तन र राष्ट्रिय एकताको दिशामा अघि बढ्न सबैमा आग्रह गरेका छन्।