आईसीसी टी–२० विश्वकपमा सुपर–८मा प्रवेश गर्ने टिमको समीकरण पूरा

User Image Prime TV News १ हप्ता अगाडि
Image of आईसीसी टी–२० विश्वकपमा सुपर–८मा प्रवेश गर्ने टिमको समीकरण पूरा

काठमाडौ । आईसीसी टी–२० विश्वकप २०२६ मा सुपर–८मा प्रवेश गर्ने टिमको समीकरण पूरा भएको छ।

समूह चरणका केही खेल बाँकी रहँदा नै भारत, पाकिस्तान, श्रीलंका, जिम्बावे, वेस्ट इन्डिज, इंग्ल्याण्ड, दक्षिण अफ्रिका र न्युजिल्याण्डले सुपर–८ प्रवेश गरेका छन्। यो विश्वकपको मुख्य आकर्षण बनेको छ जिम्बावेले विश्व विजेता अस्ट्रेलियालाई पछि पार्दै सुपर–८ प्रवेश गर्नु।

समूह ‘ए’ बाट भारत र पाकिस्तान, समूह ‘बी’ बाट श्रीलंका र जिम्बावे, समूह ‘सी’ बाट वेस्ट इन्डिज र इंग्ल्याण्ड, र समूह ‘डी’ बाट दक्षिण अफ्रिका र न्युजिल्याण्डले आफ्नो स्थान पक्का गरेका छन्। सुपर–८को समूह–१ मा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे प्रतिस्पर्धा गर्नेछन् भने समूह–२ मा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका भिड्नेछन्।

प्रत्येक टोलीले समूहका सबै टोलीसँग खेल्नेछन् र शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन्। सुपर–८को पहिलो खेल शनिबार पाकिस्तान र न्युजिल्याण्ड बीच हुने भएको छ। यसरी, विश्वकप अझ रोमाञ्चक बन्दै गएको छ।