देशलाई ‘फेरि प्रयोगशाला’ बनाउन खोजिएको छः केपी शर्मा ओली

User Image Prime TV News १ हप्ता अगाडि
Image of देशलाई ‘फेरि प्रयोगशाला’ बनाउन खोजिएको छः केपी शर्मा ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा बिहीबार आफ्नो पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको आरोप लगाएका छन्।

अध्यक्ष ओलीले भने, “भत्काउने र बनाउने दुई सोचबीचको द्वन्द्वका बीच देशलाई फेरि प्रयोगशाला बनाउने प्रयास भइरहेको छ।” उनले भदौ २३ र २४ गते भएको आन्दोलनपछि उत्पन्न अनिश्चिता र त्यसपछिका घटनाहरूले देशको स्थायित्वमा नकारात्मक प्रभाव परेको बताए।

उनले जेनजी आन्दोलनपछि स्वाधिनता र स्वाभिमानमाथि आक्रमण भइरहेको आरोप लगाउँदै देशको सार्वभौमिकता र राष्ट्रिय सम्मानको रक्षा गर्न आफूहरूको पार्टी सक्रिय रहेको बताए। आज देश यस्तो दोबाटोमा उभिएको छ । जहाँ एकातिर आवेग र आक्रोश छ । अर्कोतिर विवेक र जिम्मेवारी छ,’ ओलीले भनेका छन्, ‘भत्काउने र बनाउने दुई सोचबीचको जारी द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदैछ ।’

यतिबेला देश प्रश्नैप्रश्नको घेरामा भएको ओलीको भनाइ छ । ‘निर्वाचनको केही साताअघि हाम्रा प्रतिवद्धता घोषणा गरिरहँदा यस्तो लाग्छ सिंगो समाज प्रश्नैप्रश्नहरूको घेरामा छ,’ ओलीले भने ।