कुनै पनि नियुक्तिमा दलको भाग लिने अभ्यास नगर्ने कांग्रेस सभापति गगन थापाको प्रतिज्ञा

User Image Prime TV News १ हप्ता अगाडि
Image of कुनै पनि नियुक्तिमा दलको भाग लिने अभ्यास नगर्ने कांग्रेस सभापति गगन थापाको  प्रतिज्ञा

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले कुनै पनि नियुक्तिमा दलको भाग लिने अभ्यास नगर्ने प्रतिज्ञा गरेका छन्।

सोमबार सार्वजनिक भएको चुनावी प्रतिज्ञा पत्र र त्यसबारे आयोजित प्रश्नोत्तर कार्यक्रममा उनले यो स्पष्ट पारेका हुन्। सभापति थापाले भने, “कुनै पनि नियुक्तिमा दल होइन अब्बल। कांग्रेस संवैधानिक आयोगमा, विश्वविद्यालयमा भाग लिन गयो भन्ने कुरा सुन्नुपर्ने छैन। संस्थागत सुधार नगरी केही कुरा सम्भव छैन।”

उनले विगत लामो समयदेखि सरकारमा रहेकाहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने योजना पनि अघि सारेका छन्। साथै उनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिज्ञा पत्रमा प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटक मात्र बन्न पाउने व्यवस्था प्रस्ताव गरेको वताएका छन् ।

सभापति थापा ले सङ्घ र प्रदेश सरकारमा मन्त्रालयको संख्या घटाउने योजना पनि प्रतिज्ञा पत्रमा समावेश भएको जानकारी दिएका छन्। थापाले भने, “प्रधानमन्त्री र मुख्यमन्त्री अब दुई/दुई पटक मात्रै बन्न पाउने हाम्रो प्रतिज्ञा पत्रमा उल्लेख छ। त्यसैगरी सङ्घमा १६ र प्रदेशमा ६ मात्रै मन्त्रालय बनाउने हाम्रो प्रतिज्ञा हो। अब गठबन्धन गरेर दल मिलाउन पर्‍यो भनेर मन्त्रालय थप्ने व्यवस्था हामी कदापि गर्ने छैनौँ।”