बन्दीपुर केवलकार एन्ड टुरिजम लिमिटेडको आईपीओमा आवेदन खुला
Prime TV News १० महिना अगाडि 
काठमाडौं । बन्दीपुर केवलकार एन्ड टुरिजम लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर आईपीओ निष्कासन गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४३ लाख ४१ हजार ८० कित्ता सेयर सार्वजनिक निष्कासनमार्फत बिक्रीमा ल्याएको हो।
आईपीओमा आजदेखि छिटोमा भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ। यदि सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा आवेदन अवधि भदौ २५ गतेसम्म लम्बिन सक्ने बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।
तर हालका दिनमा सार्वजनिक निष्कासनमा अत्यधिक माग देखिने गरेकोले, भदौ १५ गतेमै आवेदन प्रक्रिया बन्द हुने सम्भावना प्रबल देखिएको छ। सर्वसाधारण लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।
बन्दीपुर केवलकार एन्ड टुरिजम लिमिटेडले यसअघि स्थानीयवासी र वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई प्राथमिकता दिनेगरी सेयर निष्कासन गरिसकेको छ। अब कम्पनीले सर्वसाधारणलाई सेयर जारी गर्न लागेको हो।







