झलनथ खनालको श्रीमतीलाई थप उपचारका लागि भारत लगिदै
Prime TV News ११ महिना अगाडि 
काठमाडाैै । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ।
जेनजी आन्दोलनका क्रममा आफ्नै घरमा आगलागी हुँदा गम्भीर घाइते भएकी चित्रकार कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत छिन्।
तर, उनको शरीरमा ज्वरो र निमोनिया देखिएपछि परिवारले उनलाई भारत लैजाने निर्णय गरेको हो। पारिवारिक स्रोतका अनुसार, चित्रकारलाई छोरा निर्भिक खनालसहित दिल्लीस्थित एपोलो अस्पताल लैजाने तयारी भइरहेको छ।
आगलागीका कारण चित्रकारको फोक्सोमा अत्यधिक धुवाँ प्रवेश गरेको र त्यसले स्वास्थ्यमा गम्भीर असर पुर्याएको चिकित्सकहरूले बताएका छन्।
चित्रकारकाे शरीरको झन्डै १५ प्रतिशत भाग जलेको छ। स्वास्थ्यमा केही सुधार देखिए पनि छिटो निको गराउन भारत लैजाने निर्णय गरिएको पारिवारिक स्रोतले जनाएको छ।







