गठबन्धनको राजनीतिबाट बिदा लिन्छौः गगन थापा

User Image Prime TV News १ हप्ता अगाडि
Image of गठबन्धनको राजनीतिबाट बिदा लिन्छौः गगन थापा

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालमा गठबन्धनको राजनीति बिदा लिने निर्णय लिएको बताएका छन् ।

उनले गठबन्धनको संस्कारले नेपालको राजनीति दूषित भएको भन्दै अबदेखि पार्टीले गठबन्धनको सम्झौतासम्म नगर्ने र सरकार बनिसकेपछि संवैधानिक तथा राजनीतिक नियुक्तिहरूमा कुनै प्रकारको भागबण्डा पनि नगर्ने संकल्प गरेका छन्।

कांग्रेसको आगामी कार्ययोजनामा पार्टीको आन्तरिक सुधार र सशक्त नेतृत्वको आवश्यकता जोड दिएको थापाले भने, "हामी हाम्रो मूल्य र मान्यतालाई अझ तिखारेर अघि बढ्ने छौँ। पार्टीमा भएका कमजोरी र त्रुटिहरूलाई सच्याएर नयाँ दृष्टिकोणमा काम गर्ने छौँ।"

कांग्रेसको नेतृत्वमा सरकार बनेपछि कसैले पनि अपमानित नहुने भनाइ राख्दै थापाले स्पष्ट पारेका छन्, "हाम्रो सरकारमा कुनै पनि व्यक्तिको सम्मानमा कमी आउनु हुँदैन। हामी सरकारको सञ्चालनमा पारदर्शिता र न्यायको सिद्धान्तमा विश्वास राख्ने छौँ।"

गठबन्धनको राजनीति र सत्ता भागबण्डाका बारेमा असहमतिका कारण थापाले यसपटक नेपाली कांग्रेसको नेतृत्वलाई सत्ता र शक्ति प्राप्ति मात्र नभइ देशको समृद्धि र राजनीतिक स्थिरताको पक्षमा जिम्मेवारीपूर्वक अघि बढाउने कुरा प्रकट गरेका छन्। उनले, "नेपाली कांग्रेस केवल सत्ता प्राप्ति को लागि मात्र होइन, नेपालको राजनीतिलाई स्वच्छ र प्रभावकारी बनाउने लक्ष्यका साथ काम गर्ने छ," भने।

गगन थापाले थपे, "हामीले गरेको प्रतिज्ञापत्रले कांग्रेसको परिवर्तनको मार्ग प्रकट गरेको छ र यो नयाँ कांग्रेसको संकल्प हो।" यस बीचमा, थापाले पार्टीको कार्यशैलीमा केही नवीनतम र पारदर्शी सुधारहरूको आवश्यकता रहेकोमा जोड दिएका छन्, र भविष्यमा कसैसँग पनि गठबन्धन नगर्ने कसम खाएका छन्।