अस्वस्थ भएपछि बालेन काठमाडौं फर्किए, घोराही आमसभामा नजाने

User Image Prime TV News १ हप्ता अगाडि
Image of अस्वस्थ भएपछि बालेन काठमाडौं फर्किए, घोराही आमसभामा नजाने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं फर्किएका छन्।

पार्टी स्रोतका अनुसार बिहीबार बेलुका उनी सुर्खेतबाट हवाईमार्गमार्फत काठमाडौँ आएका हुन्। स्वास्थ्यमा असहजता महसुस भएपछि पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्दै उनी फर्किएको जनाइएको छ।

आज घोराहीमा आयोजना हुने आमसभामा पार्टी सभापति रवि लामिछाने र बालेनले संयुक्त रूपमा सम्बोधन गर्ने कार्यक्रम तय थियो। तर स्वास्थ्य अवस्थाका कारण बालेन उक्त कार्यक्रममा सहभागी नहुने भएका छन्।

उनको स्वास्थ्यमा के समस्या देखिएको हो भन्नेबारे पार्टीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन। स्रोतका अनुसार चिकित्सकको परामर्शअनुसार आराम गर्न सुझाव दिइएको छ। पार्टीले उनको स्वास्थ्य अवस्था सामान्य भएपछि कार्यक्रमहरू पुनः तय गरिने जनाएको छ।