सुन उच्च विन्दुमा स्थिर , चाँदीको मूल्यमा सामान्य गिरावट
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार पनि सोही मूल्य कायम रहेकाले सुनको दरमा कुनै परिवर्तन भएको छैन। पछिल्ला सातादेखि सुन उच्च मूल्यमा कारोबार हुँदै आएको छ। अन्तर्राष्ट्रिय बजारको प्रवृत्ति, अमेरिकी डलरको विनिमय दर तथा आन्तरिक माग–आपूर्तिको अवस्थाले सुनको मूल्य निर्धारणमा प्रभाव पार्दै आएको व्यवसायीहरू बताउँछन्।
हाल भने बजारमा सुनको मूल्य स्थिर देखिएको छ। यता चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। महासंघका अनुसार चाँदी प्रतितोला १० रुपैयाँले घटेर पाँच हजार ५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा कारोबार भएको थियो।
सुन स्थिर रहँदा चाँदीमा देखिएको सामान्य गिरावटले बजारमा मिश्रित अवस्था देखिएको व्यवसायीहरूको भनाइ छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा आगामी दिनमा बहुमूल्य धातुको मूल्यमा फेरबदल हुन सक्ने अनुमान गरिएको छ।












