प्रधानमन्त्री सुशीला कार्की मुस्ताङमा, चुनाव तयारी अवलोकन

User Image Prime TV News १ हप्ता अगाडि
Image of प्रधानमन्त्री सुशीला कार्की मुस्ताङमा, चुनाव तयारी अवलोकन

मुस्ताङ । प्रधानमन्त्री सुशीला कार्की आज मुस्ताङ पुगेकी छन्।

शुक्रवार मुस्ताङ पुग्दै उनले हिमाली बस्तीको अवलोकन गरेकी छन् र स्थानीय बासिन्दासँग अन्तरक्रिया गरिन्। २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन मौसमको कारण प्रभावित हुन सक्ने चर्चा भइरहे पनि प्रधानमन्त्री कार्कीले चुनाव तोकिएकै मितिमा हुने दाबी गरेकी छन्।

भ्रमणको क्रममा उनले मुस्ताङका सरकारी अधिकारीहरूसँग चुनाव तयारीको जानकारी लिएकी छन्। साथै, उनले धार्मिक स्थल मुक्तिनाथ मन्दिरको दर्शन पनि गरेकी छन्। प्रधानमन्त्रीको यो भ्रमणले मुस्ताङमा चुनाव तयारीमा गति ल्याउने अपेक्षा गरिएको छ।