पूर्व डीआईजी रमेश खरेल कांग्रेसको चुनावी कार्यक्रममा सहभागी
Prime TV News १ हप्ता अगाडि 
काभ्रेपलाञ्चोक । कुनै बेला राष्ट्रिय स्वतन्त्र पार्टी सँग आवद्ध भए पूर्व डीआईजी रमेश खरेल हाल कुनै पार्टीमा नभए पनि नेपाली कांग्रेसको चुनावी कार्यक्रममा सहभागी भएका छन्।
खरेल काभ्रेपलाञ्चोक–२ का नेपाली कांग्रेसका उम्मेदवार मधु आचार्यको पाँचखालमा आयोजित चुनावी कार्यक्रममा पुगेका थिए। कार्यक्रममा बोल्दै खरेलले आफू न्युट्रल भोटर भएको र कुनै पार्टीमा आवद्ध नभएको स्पष्ट पारे। तर उनले भने कि रुपान्तरणसहितको कांग्रेसले देशको मुहार परिवर्तन गर्ने अपेक्षाका साथ उनी कार्यक्रममा आएका हुन्।
उनले थपे, “म नेपाली कांग्रेसको युवा नेताहरूको उदय र भोलिको स्पष्ट भिजन–मिसनलाई समर्थन गर्न मतदान गर्न आएको हुँ। गगन र विश्वप्रकाशको आँटलाई सहयोग पुर्याउन चाहन्छु।” पूर्व डीआईजी खरेल बाराको उपचुनावमा रास्वपाबाट उम्मेदवार भएका थिए तर जनता समाजवादी पार्टीका उपेन्द्र यादवसँग पराजित भएका थिए।
त्यसपछि उनले रास्वपामा कुनै भूमिका नलिँदै पार्टी सभापति माथि प्रश्न उठाउँदै आएका थिए।













