निर्वाचनपछि कांग्रेस पहिलो पार्टी भएर सरकार बनाउछः विश्वप्रकाश शर्मा
Prime TV News १ हप्ता अगाडि 
पाँचथर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन्।
राँकेबजारमा इलाम र पाँचथरको चुनावी सभालाई सम्बोधन गर्दै शर्माेले बताए, “देशलाई निकास दिन कांग्रेस जिम्मेवार पूर्ण नेतृत्व दिनेछ। निर्वाचनमा पहिलो हुने दलले सरकारको नेतृत्व लिनुपर्ने कांग्रेसको प्रस्ताव रहनेछ भने दोस्रो र तेस्रो दल प्रतिपक्षमा बस्ने गरी प्रस्ताव पेस हुनेछ।”
शर्माले कांग्रेसको नेतृत्वमा हुने सरकारले स्थिरता, विकास र जनताको विश्वास कायम राख्ने लक्ष्य राखेको पनि बताए। उनको सम्बोधनमा निर्वाचनलाई केन्द्रमा राखेर पार्टीको विजयी रणनीति र स्थानीय मतदातालाई कांग्रेसतर्फ आकर्षित गर्ने प्रयास स्पष्ट देखिएको थियो।













