काठमाडौं महानगरमा २० हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति, २ अर्बभन्दा बढीको राहत

User Image Prime TV News १ हप्ता अगाडि
Image of काठमाडौं महानगरमा २० हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति, २ अर्बभन्दा बढीको राहत

काठमाडौं । काठमाडौं महानगरपालिकाका भित्रका विद्यालयहरुमा चालु शैक्षिक वर्षमा २० हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएको जानकारी दिएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मेयर बालेन  साहले विद्यार्थीलाई संस्थागत विद्यालयहरूबाट छात्रवृत्ति दिलाउने कानुनको प्रभावकारी कार्यान्वयन भएको उल्लेख गरेका छन्।

उनका अनुसार शैक्षिक सत्र २०८२ मा कक्षा १ देखि १० सम्मका १६,९८० जना र कक्षा ११ का ३,३०२ जना गरी कुल २०,२८२ जना विद्यार्थीले छात्रवृत्ति पाएका छन्।

यसमार्फत विद्यार्थीहरूले झण्डै २ अर्ब २५ करोड रुपैयाँ बराबरको छात्रवृत्तिबाट लाभ लिएका छन्। मेयर साहले कार्यान्वयनको पहिलो वर्ष १३ हजार र दोस्रो वर्ष १९ हजार विद्यार्थीले छात्रवृत्ति पाएको जानकारी पनि दिएका छन्।

विवरण नबुझाउने विद्यालयलाई कारबाहीको चेतावनी

मेयर साहका अनुसार हालसम्म ४४० वटा संस्थागत विद्यालयले विवरण बुझाएका छन्। तर, केही विद्यालयहरूले अझै विवरण नबुझाएको भन्दै महानगरले यथाशीघ्र विवरण पेश गर्न अनुरोध गरेका छन् ।

दिएको समयसीमाभित्र विवरण नबुझाउने विद्यालयलाई शिक्षा ऐन, २०७५ अनुसार विद्यालयको अनुमति वा स्वीकृति रद्द गरिने चेतावनी पनि महानगरले दिएको छ ।