इमान्दारी पूर्वक देश र जनतालागि क्रियाशिल हुन्छुः रविन्द्र मिश्र
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राप्रपाका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रविन्द्र मिश्रले आफु इमान्दारीपूर्वक देश र जनतालागि क्रियाशिल हुने बताएका छन् ।
शुक्रबार काठमाडौंको अनामनगर क्षेत्रमा घरदैलोका क्रममा मिश्रले देशमा धेरै नेताहरुले जनमतप्राप्त गर्न सफल भएपनि देशको अवस्था परिवर्तन हुन नसकेको भन्दै आफु इमान्दारीपूर्वक देश र जनतालागि क्रियाशिल हुने बताए ।
आफुलाई जनताले विश्वास गरे राम्रा बाहेक अन्य कुनै काम नगर्ने उहाले गरे । मिश्रले अवको २०–३० बर्षपछिको नेपाललाई मनन गरेर देशको नीति निर्माण र कानुन बनाउन तथा देशभरिको महत्वपूर्ण राष्ट्रिय मुद्दाहरूलाई संसदका माध्यमबाट उजागर गर्ने धारणा राखे ।
त्यस्तै उनले जनतालाई खानेपानी, बिजुली, ढल, डुवान लगाएतका समस्या पर्दा त्यसलाई समाधान गर्न आफु स्वयं उपस्थीत भएर समाधानको प्रयास गर्ने प्रतिवद्धता जनाए ।













