नेकपा एमालेको झण्डा जलाउने घटनामा संलग्न छैनौः रास्वपा
Prime TV News १ हप्ता अगाडि काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो कुनै कार्यकर्ता नेकपा एमालेको झण्डा जलाउने घटनामा संलग्न नभएको दावी गरेको छ ।
रास्वपा दाङका सभापति विनय घिमिरेले प्रेस विज्ञप्ति जारी गर्दै भने, “पार्टीका केन्द्रीय सभापतिज्यू सुर्खेतको कार्यक्रम समापन गरी दाङ आउँदै गर्दा सडक पेटीमा स्वागतमा जुटेका शुभेच्छुकहरूको उत्साहलाई देखेर केही घुसपैठ र अवाञ्छित तत्वहरूले भ्रमपूर्ण वातावरण सिर्जना गरेका हुन्।”
उनले पार्टीको प्रत्यक्ष संलग्नता नभएको स्पष्ट गर्दै घटनामा संलग्न व्यक्तिलाई कानूनी कारबाही गर्न सुरक्षा निकायसँग जोडदार माग गरेका छन् । रास्वपाले घटनाको सत्य, तथ्य र निष्पक्ष छानबिन गरी दोषीलाई तुरुन्त कानूनी कठघरामा उभ्याउनुपर्नेमा जोड दिएको छ।
सभापति घिमिरेले भने, “रास्वपा विधिको शासन, सुसंस्कृत राजनीति र अहिंसाको मार्गमा अडिग विश्वास राख्ने पार्टी भएकाले यस्ता अनैतिक र अलोकतान्त्रिक क्रियाकलाप हामीलाई कदापि स्वीकार्य छैनन्।”
यस घटनाले राजनीतिक दृष्टिले तनाव निम्त्याउन सक्ने भए पनि रास्वपा आफ्नो शान्तिपूर्ण राजनीतिक मार्गमा दृढ रहेको प्रष्ट पारेको छ ।













