नेकपा एमालेका अध्यक्ष ओली आज झापा जाँदै
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उनी झापाका विभिन्न स्थानमा आयोजना हुने चुनावी कार्यक्रमहरूमा सहभागी हुने कार्यक्रम तय भएको छ।
झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका ओलीले आज बिर्तामोडस्थित होटल डेग्लोमा झापा क्षेत्र नम्बर ३ का अगुवा कार्यकर्तासँग भेटघाट तथा छलफल गर्नेछन्। उक्त भेटघाटलाई आगामी निर्वाचनका लागि संगठन सुदृढीकरण र रणनीति निर्माणको रूपमा हेरिएको छ।
त्यसैगरी दिउँसो दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोरमा आयोजना हुने कार्यक्रममा ओली सहभागी हुनेछन्। कार्यक्रममा हिसान, प्याब्सन र एन–प्याब्सन आबद्ध संस्थाका प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यतालिका रहेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार ओलीको झापा भ्रमण पूर्ण रूपमा चुनाव केन्द्रित छ। कार्यकर्ता सक्रिय बनाउने, प्रभावशाली समूहसँग संवाद गर्ने र मत आधार मजबुत बनाउने उद्देश्य यस भ्रमणमा स्पष्ट देखिन्छ।













