यो साता सुनको मूल्यमा सीमित वृद्धि देखियो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताभरमा सुनको मूल्य प्रतितोला १,२०० रुपैयाँले बढेको छ।
साताको पहिलो कारोबार दिन शुक्रबार प्रतितोला ३ लाख ३ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य, साताको अन्तिम कारोबार दिन शुक्रबार बढेर ३ लाख ४ हजार ७०० रुपैयाँ पुगेको हो।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो उतारचढाव नआएकाले स्वदेशी बजारमा पनि सामान्य वृद्धिमात्र देखिएको हो।












