विदेशी मुद्राको विनिमयदरमा वृद्धि, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा

User Image Prime TV News एक महिना अगाडि
Image of विदेशी मुद्राको विनिमयदरमा वृद्धि, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार प्रमुख मुद्राहरूको मूल्यमा वृद्धि देखिएको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर, कुबेती दिनार र बहराइन दिनारसहित अधिकांश मुद्राहरूको खरिद तथा बिक्री दर हिजोको तुलनामा बढेको छ।

आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ र बिक्रीदर १४१ रुपैयाँ ६० पैसा पुगेको छ। हिजो सो दर क्रमशः १४० रुपैयाँ ६५ पैसा र १४१ रुपैयाँ २५ पैसा थियो। यसअघि भदौ २७ गते अमेरिकी डलरको खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा पुगेको थियो, जुन अहिलेसम्मकै उच्च दर हो।

युरो एकको आजको खरिददर १६६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ। हिजो युरोको खरिददर १६५ रुपैयाँ २० पैसा र बिक्रीदर १६५ रुपैयाँ ९१ पैसा थियो। पाउन्ड स्टर्लिङको खरिददर आज १९० रुपैयाँ ३२ पैसा र बिक्रीदर १९१ रुपैयाँ १३ पैसा रहेको छ भने हिजो सो दर क्रमशः १८९ रुपैयाँ ४६ पैसा र १९० रुपैयाँ २६ पैसा थियो।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर आज ९२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३९ पैसा पुगेको छ। हिजोको खरिददर ९२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९३ रुपैयाँ १४ पैसा थियो। कुबेती दिनारको आजको खरिददर ४६२ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४६४ रुपैयाँ ३४ पैसा रहेको छ भने हिजो सो दर क्रमशः ४६१ रुपैयाँ ३७ पैसा र ४६३ रुपैयाँ ३४ पैसा थियो।

\बहराइन दिनारको विनिमयदर पनि बढेको छ। आज यसको खरिददर ३७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ५५ पैसा छ। हिजो खरिददर ३७३ रुपैयाँ र बिक्रीदर ३७४ रुपैयाँ ५९ पैसा थियो।