भारतीय ‘नम्बर प्लेट’का सवारीसाधनका लागि ‘टाइम कार्ड’

User Image Prime TV News १ हप्ता अगाडि
Image of भारतीय ‘नम्बर प्लेट’का सवारीसाधनका लागि ‘टाइम कार्ड’

कञ्चनपुर(रासस) । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै आउने भारतीयनम्बर प्लेटका सवारीसाधनका लागिटाइम कार्डप्रणाली लागू गरिएको छ ।

भन्सार महसुल ऐन, २०८१ को अनुसूची५ मा भएको व्यवस्थाबमोजिम भारतीय सवारीसाधनलाई नजिकको महेन्द्रनगर बजारसम्म आउनेजाने कार्यका लागिटाइम कार्डप्रणाली लागू गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

यस कार्यले सीमा नाका हुँदै आउने भारतीय सवारीसाधनको अभिलेख राख्नुका उनीहरूका गतिविधिबारे अनुगमन गर्न पनि सहज हुने उनले बताए ।

यस प्रणालीअन्तर्गत सीमा नाका हुँदै आउने भारतीय गाडीलाई समय तोकेर पठाइनेछ । निर्धारित समयभित्र सो गाडी फर्कनुपर्नेछ । निर्धारित समयभित्र नफर्कने गाडी नियन्त्रणमा लिएर कारबाही गरिनेछ’, बोहराले भने ।