संखुवासभामा बिहानै भूकम्प, रितक आसपास केन्द्र
Prime TV News १ हप्ता अगाडि 
संखुवासभा । संखुवासभामा आइतबार बिहान भूकम्प गएको छ। जिल्लाको रितक आसपासलाई केन्द्र बनाएर बिहान ७ः३१ बजे भूकम्पको धक्का महसुस गरिएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको म्याग्निच्युड ४.१ मापन गरिएको छ। भूकम्पको धक्का जिल्लाका विभिन्न स्थानमा महसुस भए पनि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।
भूकम्पपछि स्थानीय बासिन्दा त्रसित बनेका थिए। स्थानीय प्रशासनले अवस्था सामान्य रहेको जनाउँदै सतर्कता अपनाउन र अफवाहमा नपर्न आग्रह गरेको छ।
नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्ने भएकाले यस्ता साना तथा मध्यम स्तरका भूकम्पहरू समय समयमा आउने विज्ञहरूले बताएका छन्।













