पीएसजीका फरवार्ड ओसमान डेम्बेलेले जिते बलन डि’ओर


काठमडाै।फ्रान्सेली क्लब पेरिस सेंट जर्मेन (पीएसजी) का फरवार्ड ओसमान डेम्बेलेले पहिलो पटक विश्वको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत फुटबल अवार्ड बलन डि’ओर जितेका छन्।
डेम्बेलेले बार्सिलोना र स्पेनका १७ वर्षीय उदीयमान खेलाडी लामीन यामाललाई पछि पार्दै पुरस्कार जितेका हुन्। यामाल यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै विश्वभर चर्चा कमाउन सफल भएका थिए।
सन् २०२४र२५ को सिजनमा डेम्बेलेले ५३ खेलमा ३५ गोल र १४ असिस्ट गर्दै पीएसजीलाई युरोपियन च्याम्पियन्स लिग, फ्रेन्च लिग १, र फ्रेन्च कप जित्न मद्दत गरेका थिए। उनले लिग १ मा २१ गोल गर्दै शीर्ष स्कोररको सूचीमा संयुक्त रूपमा पहिलो स्थान हासिल गरे।
डेम्बेले यस सिजन लिग १ र युईएफए च्याम्पियन्स लिग दुवैको ‘प्लेयर अफ द इयर’ घोषित भएका थिए। साथै, उनले क्लबलाई फिफा क्लब विश्वकपको फाइनलसम्म पुर्याए जहाँ पीएसजीले चेल्सीसँग पराजय बेहोरेको थियो।