साताको पहिलो दिन नेप्से २७ अंकले घट्यो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ बिन्दुमा आइपुगेको छ।
नेप्सेमा ३२४ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता सेयर कारोबार भएको छ। जसको मूल्य रू. ६ अर्ब ६९ करोडभन्दा बढी पुगेको छ। आज सबैभन्दा बढी कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । जसको कारोबार रकम ६३ करोड ४२ लाख रुपैयाँ पुगेको छ।
आजको बजारमा सालपा विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन्। यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। यता, बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरेका छन्। यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ।












