स्वास्थ्य मन्त्रालयद्वारा जेनजी घाइते विवरण सङ्कलनको निर्देशन

User Image Prime TV News १ हप्ता अगाडि
Image of स्वास्थ्य मन्त्रालयद्वारा जेनजी घाइते विवरण सङ्कलनको निर्देशन

काठमाडौ । सरकारले हालैका जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको विवरण स्वास्थ्य संस्थाबाट सङ्कलन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ .

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, सबै स्वास्थ्य संस्थाले फागुन १ देखि १५ भित्र घाइतेको विवरण मन्त्रालयमा उपलब्ध गराउनुपर्नेछ। डा. बुढाथोकीले बताएअनुसार, यस विवरण सङ्कलनको उद्देश्य घाइतेको उपचार, पुनःवर्गीकरण र राहत वितरण प्रक्रिया प्रभावकारी बनाउन रहेको छ।

फागुन १५ गतेभित्र प्राप्त विवरणको छानबिनपछि अन्तिम घाइतेको नामावली सार्वजनिक गरिनेछ। हालसम्म मन्त्रालयमा २०० जना घाइतेको विवरण मात्र उपलब्ध भएको छ। डा. बुढाथोकीका अनुसार, केही सामान्य घाइतेहरूले सुविधा नपाउने भएकाले मन्त्रालयसँग सम्पर्क नगरेको हुन सक्छ। मन्त्रालयको तथ्याङ्कअनुसार, जेनजी आन्दोलनमा २,५९९ जना घाइते भएका छन्।

सरकारले घाइतेहरूको वर्गीकरणअनुसार राहत पनि तय गरेको छ। अतिगम्भीर घाइते र तिनीहरूको हेरचाह गर्ने व्यक्तिलाई मासिक ९ हजार, गम्भीर घाइतेलाई मासिक  ९ हजार र मध्यम घाइतेलाई मासिक ४ हजार उपलब्ध गराइनेछ।