भक्तपुरका नेकपा एमाले उम्मेदवारहरुले आफ्नो चूनावी प्रतिवद्धतापत्र सार्वजनिक

User Image Prime TV News १ हप्ता अगाडि
Image of भक्तपुरका नेकपा एमाले उम्मेदवारहरुले आफ्नो चूनावी प्रतिवद्धतापत्र सार्वजनिक

काठमाडौ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि भक्तपुरका नेकपा एमाले उम्मेदवारहरुले आफ्नो चूनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।

आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै भक्तपुर क्षेत्र नंवर १ का एमाले उम्मेदवार सोम प्रसाद मिश्र र भक्तपुर क्षेत्र नंवर २ का उम्मेदवार महेश बस्नेतले चूनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको हो । दुवै उम्मेदवारहरुले राष्ट्र र राष्ट्रियताको सवालमा पार्टीको स्पष्ट अडान जनतासामू राख्दै मुलुकमा सुशासन, जनजीविका, रोजगारीलाई सुनिश्चितता गर्ने प्रतिवद्धता जनाएका छन् ।

एमाले सचिव समेत रहनुभएका उम्मेदवार बस्नेतले मुलुकमा बैदेशीक हस्तक्षेपलाई रोक्नुनै यसपटकको मुख्य एजेण्डा भएको बताए । उनले आगामी दिनमा कसैले पनि राष्ट्रघात काम गर्न नपाउने गरि शासक नभइ सेवकको रुपमा जनतामा जाने उल्लेख गरे । उनले भक्तपुरको सम्पदाको जगेर्ना र बिकास गर्दै सांस्कृतिक र पर्यटकीय क्षेत्रको रुपमा अघि बढाइने बताए । 

त्यस्तै भक्तपुर क्षेत्र नंवर १ का एमाले उम्मेदवार सोम प्रसाद मिश्रले भू उपयोगको वर्गीकरणमा जनताको भावनालाई समेट्नेगरि नीति बनाउने, संवैधानिक नियुक्तीलाई पारदर्शी बनाइने, भ्रष्टाचार र अनियमितताका कार्यहरुलाई निरुत्साहन गर्ने लगाएका एजेण्डाहरु प्रस्तुत गरे ।