सुनचाँदीको भाउमा निरन्तर उकालो, तोलामा सुन ३ लाख १३ हजार ५०० रुपैयाँ

User Image Prime TV News १ हप्ता अगाडि
Image of सुनचाँदीको भाउमा निरन्तर उकालो, तोलामा सुन ३ लाख १३ हजार ५०० रुपैयाँ

काठमाडौ । नेपाली बजारमा सुनको भाउ सोमबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन ११ गते सुन प्रतितोला ३२ सय रुपैयाँले वृद्धि भएको हो।

अघिल्लो दिन ५६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँ कायम भएको सुन सोमबार थप वृद्धि भई ३ लाख १३ हजार ५०० रुपैयाँ पुगेको छ। लगातार दुई दिनको वृद्धिसँगै सुनको मूल्य उच्च बिन्दुतर्फ उन्मुख देखिएको छ।

यस्तै, चाँदीको भाउमा पनि वृद्धि देखिएको छ। चाँदी प्रतितोला १७० रुपैयाँले बढेर ५ हजार ५९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आइतबार भने चाँदी ५ हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र स्थानीय बजारमा माग आपूर्तिको अवस्थाका कारण सुनचाँदीको भाउमा परिवर्तन भइरहेको व्यवसायीहरूको भनाइ छ।