गाजामा इजरायली आक्रमणबाट थप ६१ जनाको मृत्यु, मृतक संख्या ६५ हजार नाघ्यो


काठमाडाै । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाभित्र इजरायली आक्रमणमा परी कम्तीमा ६१ प्यालेस्टिनीको ज्यान गएको छ।
मन्त्रालयले सोमबार टेलिग्राममार्फत सार्वजनिक गरेको विज्ञप्तिमा अक्टोबर २०२३ देखि हालसम्म कुल ६५,३४४ जनाको मृत्यु भएको उल्लेख गरिएको छ।
इजरायली सेनाले सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमाथि आक्रमण गरेपछि गाजामा व्यापक सैन्य कारबाही सुरु गरेको थियो। सो आक्रमणमा करिब १,२०० इजरायली नागरिकको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो।
गाजामा जारी सैन्य द्वन्द्वका कारण ठूलो मात्रामा मानवीय क्षति भएको छ। अन्तर्राष्ट्रिय समुदायले पटक–पटक दुवै पक्षलाई हिंसा अन्त्य गरी वार्ताको बाटो अपनाउन आग्रह गर्दै आएको छ ।