धादिङ बस दुर्घटनाबारे गृह मन्त्रालयले छानबिन समिति गठन
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । सोमबार बिहान धादिङमा भएको भयानक बस दुर्घटनापछि गृह मन्त्रालयले दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयमा आजमा बसेको बैठकले दुर्घटनाको छानिवन समिति गठन गर्ने निर्णय गरेको हो ।
बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव, भौतिक पूर्वाधार सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी र सुरक्षा निकायका प्रमुखहरूले भाग लिएका थिए। समितिको संयोजक अझै टुंगिएको छैन।
प्रहरीको विवरण अनुसार, दुर्घटना पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस बेनिघाट–रोराङ गाउँपालिका–५ भैसीगौडामा अनियन्त्रित भएर करिब २०० मिटर तल त्रिशुली नदी किनारामा खसेको हो।
धादिङ जिल्ला प्रशासन र सुरक्षा निकायहरूले घटनास्थलमा उद्धार तथा खोजी कार्यलाई तीव्र बनाएका छन् र घाइतेहरूको उपचार भइरहेको छ। गृह मन्त्रालयले पनि यस दुर्घटनाको पूर्ण छानबिन गरी दोषी पत्ता लगाउने प्रतिबद्धता जनाएको छ।













