उदयपुरमा बस दुर्घटना, करिब एक दर्जन घाइते

User Image Prime TV News १ हप्ता अगाडि
Image of उदयपुरमा बस दुर्घटना, करिब एक दर्जन घाइते

काठमाडौ । उदयपुरको उदयपुरगढी गाउँपालिका–७, अधेरी जोगी टोलमा सोमबार दिउँसो बस दुर्घटना भएको छ।

प्रहरीले जनाएको अनुसार, कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको ओखलढुङ्गे बस दुर्घटनामा परेको हो। प्रहरीका अनुसार बस ब्रेक फेल भएर सडकबाट करिब ३०–४० फिट तल खसेको थियो। दुर्घटनामा परेर करिब एक दर्जन व्यक्तिहरू घाइते भएका छन्।

घटनास्थलमा अहिले प्रहरी र उद्धार टोलीहरू खटिएका छन् भने विस्तृत विवरण र घाइतेहरूको अवस्था सम्बन्धी जानकारी संकलन भइरहेको छ। प्रहरीले यात्रु सुरक्षा र सडक सुरक्षामा ध्यान दिन सबैलाई सचेत गराएको छ।