आफ्नो टिमको लय कायम राख्नेमा केन्द्रित रहेको बार्सिलोनाका मुख्य प्रशिक्षकको भनाई

User Image Prime TV News १ हप्ता अगाडि
Image of आफ्नो टिमको लय कायम राख्नेमा केन्द्रित रहेको बार्सिलोनाका मुख्य प्रशिक्षकको भनाई

काठमाडौ । स्पेनिस क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक हान्सी फ्लिकले आफ्नो टिमको लय कायम राख्नेमा केन्द्रित रहेको बताएका छन्।

बार्सिलोनाले लेभान्टेलाई ३–० ले हराउँदै स्पेनिस शीर्ष डिभिजन लिग ला लिगाको शीर्ष स्थानमा स्थान बनाएको हो। खेलपश्चात् फ्लिकले टिमका महत्त्वपूर्ण खेलाडीहरू मैदानमा फर्किसकेको र आगामी खेलहरूमा उत्कृष्ट प्रदर्शन जारी राख्ने तयारीमा रहेको बताए।

फ्लिकले भने, “टिमले निकै राम्रो नतिजा हात पारेको छ। यसअघि दुई खेलमा हार व्यहोरे पनि तालिकाको शीर्ष स्थानमा फर्कने सम्भावना टिमसँग थियो। आजको जितले टिमलाई शीर्ष स्थानमा पुर्‍यायो र अब हामी लय कायम राख्न केन्द्रित छौँ।”

यो जीतसँगै बार्सिलोनाले २५ खेलमा २० जित, एक बराबरी र चार हारसहित ६१ अंक जोडेको छ। बार्सिलोनाको अर्को खेल फेब्रुअरी २८ मा भियारियालसँग तय गरिएको छ, जहाँ टिम शीर्ष स्थान कायम राख्न खेलमा उतरनेछ।