दाङमा यात्रु बस दुर्घटना, ९ जना घाइते

User Image Prime TV News १ हप्ता अगाडि
Image of दाङमा यात्रु बस दुर्घटना, ९ जना घाइते

दाङ । दाङको लमही घोराही सडकखण्डमा आज बिहान यात्रु बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

दुर्घटना चिसापानी क्षेत्रमा भएको थियो। कपिलवस्तुको कृष्णनगरबाट तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ३२७७ नम्बरको बसमा ६ पुरुष र ३ महिला घाइते भएका हुन्। घाइतेमध्ये ७ जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा र बाँकी २ जनालाई लमही अस्पतालमा उपचार भइरहेको छ।

बस केशरबहादुर पुन, ३५ वर्ष, राप्ती गाउँपालिका ५, सिसहनियाँले चलाएका थिए। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बस चालकलाई नियन्त्रणमा लिइएको छ र दुर्घटनाको कारण छानबिन भइरहेको छ।